देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परिसूचकहरू उत्कृष्ट भएको दाबी

देशान्तर

काठमाडौं । एनआईसी एसियाले आफ्नो ५० वटा शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको भन्ने एकतर्फी समाचार विभिन्न सञ्चारमाध्यममा आएलगत्तै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एनआईसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो बचत झिक्न भन्दै सामाजिक सञ्जालमा लेखे ‘एनआईसी एसिया बैंक डुब्दै, आफ्नो बचत निकाल्नुहोला । सञ्चालक भागे भने सहकारीको जस्तो हालत होला । बेलैमा होश पुर्‍याउनु होला ।’ 

यस्तै, गत सोमबार सुनसरीको इनरुवामा एनआईसी एसिया बैंकको लोगोसहितको ट्याग प्रयोग गरिएको करिब दुई करोड बराबरको नक्कली नेपाली नोट प्रहरीले बरामद गर्‍यो । यी तीन घटनाले कुनै स्वार्थ समूह एनआईसी एसियाविरुद्ध नियोजित रूपमा लागेको बैंक तथा वित्तीय संस्थाका जानकारहरूले आशंका गरेका छन् । इनरुवा शाखाले नक्कली नेपाली नोटमा बैंकको लोगोसहितको ट्याग प्रयोग गर्नु बैंकलाई बदनाम गराउने फन्डा मात्र भएको जनाएको थियो  भने शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको समाचारका सन्दर्भमा बैंकले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा उक्त समाचार कपोकल्पित भएको भन्दै बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका लागि आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको उल्लेख गरेका थिए । 

हाल यस बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बैंकसँग ३ खर्ब ८१ अर्ब ३९ करोड ६० लाख रुपैयाँ निक्षेप छ । केन्द्रीय बैंकले पनि एनआईसी एसिया बैंक सन्तोषजनक अवस्थामा रहेको र बजारमा आएको हल्लामा कुनै पनि सत्यता नभएको जनाएको छ । 

यसैबीच, एनआईसी एसिया बैंकले शुक्रबार एक सूचनामार्फत वित्तीय परिसूचक सर्वोत्कृष्ट रहेकोे दाबी गरेको छ । 

बैंकले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकमध्ये उत्कृष्टमा पर्न सफल भएको भन्दै आभार प्रकट गरेको छ । बैंकले सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिएका ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको हो ।