देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पुनः बस्ने   

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (शुक्रबार) पुनः बस्नेगरि स्थगित भएको छ । 

आगामी सोमबारदेखि पार्टीको महासमिति बैठक हुँदैछ । त्यसको तयारीका लागि केन्द्रीय कार्यसमितिको बैठक भइरहेको हो । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए । 

उनले भने,‘आजको बैठक स्थगित भएको छ । यो बैठक भोलि बिहान ९ बजे पुन बस्नेगरी आज स्थगित भएको हो ।’

उनका अनुसार महासमितिका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन बैठकमा पेस भएका छन् । चार दिनसम्म चल्ने महासमिति बैठक फागुन ७ देखि ललितपुरको गोदावरीमा सुरु हँदैछ ।