देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल द्वारा नामिबियासामु १३३ रनको लक्ष्य प्रस्तुत

देशान्तर

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए ।

गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफले १२ रन जोडे । कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए ।


आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् । आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।