देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेट विश्वकप लिग–२ आजदेखि : नेपालले नामिबियासँग खेल्दै

देशान्तर

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालसहित नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ ।

आठ टोलीको लिगमा क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका अन्य टोलीले विश्वकप छनोटअघि १४४ खेल खेल्नेछन् । अघिल्लो विश्वकप छनोट चक्रको आधारमा टोलीहरूलाई विश्वकप लिग–२ र क्वालिफायर प्ले–अफमा स्थान दिइएको थियो ।

लिग–२ बाट शीर्ष चार टोलीहरू विश्वकप छनोटमा पुग्नेछन्, जसमा क्वालिफायर प्ले–अफमा आएका चार टोलीहरू, साथै आईसीसी एकदिवसीय रैंकिंगको आधारमा छनोट हुन नसकेका टोलीहरू समावेश हुनेछन् ।

लिग २ को पहिलो सिरिजका लागि नामिबिया र नेदरल्याण्ड्स यतिबेला काठमाडौंमा रहेका छन् । नेपालले पहिलो खेलमा विहीबार नामिबियासँग खेल्ने छ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजे सुरुहुने छ । एक दिवसीय वरियता जोगाउनका लागि महत्वपूर्ण लिग–२ भएकाले यसलाई कम नआँक्ने नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले बताएका छन् । उनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

एक दिवसीय वरियता जोगाउने अघिल्लो संस्करणमा नेपालले पछिल्ला १२ मध्य ११ खेल जित्दै अविश्वसनीय प्रदर्शन गरेको थियो ।