देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

देशान्तर

काठमाडौं । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगाडीनै पूरा गरेको हो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।