देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पामा जिप दुर्घटना, आठको मृत्यु

देशान्तर

काठमाडौं । पाल्पामा जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । लु१ज २३७१ नम्बरको जिप तिनाउ गाउँपालिका–५ मस्यामको चिदिसनजिक मंगलबार साँझ दुर्घटना भएको हो । 

दुर्घटनामा घटनास्थलमै आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट शिखरडाँडातर्फ गइरहेको थियो । मंगलबार साँझ पौने ५ बजे जिप सडकबाट तल खसेको हो । १५ जना घाइतेको उद्धार गरी गरी लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

घाइते र मृतकहरूको पहिचान खुल्न बाँकी छ ।