देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपाल २१४ रनले विजयी – माल्दिभ्स १३ रनमा अलआउट

देशान्तर

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ । २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । भने रुबिना क्षेत्रीले टी ट्वान्टी क्रिकेटमा ऐतिहासिक शतक प्रहार गरिन् । महिला क्रिकेटको इतिहासमा टी ट्वान्टी क्रिकेटमा रुबिनाले बनाएको शतक पहिलो हो । उनले ५९ बल खेल्दै १ सय १८ रनको शतकीय इनिङ्स खेलेकी हुन् ।