देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुबिनाको ऐतिहासिक शतक प्रहार -माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी २२८ रनको लक्ष्य प्रस्तुत

देशान्तर

काठमाडौं । एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनायो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । नेपालले यसअघि सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको हो ।

रुबिना क्षेत्रीले टी ट्वान्टी क्रिकेटमा ऐतिहासिक शतक प्रहार गरेकी छिन् । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा माल्दिभविरुद्ध रुबिनाले ऐतिहासिक शतक प्रहार गरेकी हुन् । महिला क्रिकेटको इतिहासमा टी ट्वान्टी क्रिकेटमा रुबिनाले बनाएको शतक पहिलो हो ।

उनले ५९ बल खेल्दै १ सय १८ रनको शतकीय इनिङ्स खेलेकी हुन् । उनले १० चौका र ५ छक्काको मदतले सो रन खडा गरिन् ।