देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरीबन्धु टी–स्टेटको जग्गाबारे ओली नेतृत्व सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

देशान्तर

काठमाडौं । गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुस्मलता माथेमको संवैधानिक इजलासले बुधबार ओली सरकारले महँगो जग्गा दिएर सस्तो मूल्यको जग्गा साट्न मिल्ने गरी गरेको निर्णयलाई अपरिपक्व भन्दै बदर गरिदिएको हो ।


संवैधानिक इजलासले ‘हदबन्दी भन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने’ अन्यथा प्रतिकूल असर नपर्ने गरी जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता, सम्भाव्यता, सट्टापट्टा हुने जग्गाको समानुपातिक सुनिश्चितता, सट्टापट्टा गरिने जग्गाको मूल्यसमेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू यकिन भएपछि भूमिसम्बन्धी ऐनलगायत सो सम्बन्धी अवधारणा अनुकुल हुने गरी मात्र हदबन्दी भन्दा बढी भएको जग्गाको व्यवस्थापन गर्न आदेश दिएको छ ।
ओली सरकारले सट्टापट्टाकै नियतसहित गरेको भूमि ऐनको संशोधन गरेको भन्दै रिट निदेदकहरूले बदर गर्ने गरेको मागमा भने संवैधानिक इजलासले दाबी नपुग्ने ठहर गरेको छ ।