देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

देशान्तर

काठमाडौं। सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।


गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।