देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त

देशान्तर

काठमाठौं । संघीय संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त भएका छन् । उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१० ) बमोजिम महासचिवमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २४ मा पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । तर, राष्ट्रपति रामचन्द्र पौडलले उनको नियुक्ति सिफारिसको कानुनी रितमा प्रश्न उठाउँदै आएका थिए ।

मंगलबार मात्र पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतिसँगै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।