देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले  प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।
उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।