देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभाको तेस्रो अधिवेशनमा कार्यतालिका लागू गर्ने निर्णय

देशान्तर

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि कार्यतालिका लागू गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको बैठकले विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।


उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउँदै सांसदहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने बाटो भएको सभामुख देवराज घिमिरेले बताए ।
बैठकमा कानून मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए। उनले कार्यतालिका लागू भएपछि बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए ।