देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी

देशान्तर

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आउँदो फागुन २१ गते हुने भएको छ । फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ । फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गते वर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदै छ । उनीसहित २० राष्ट्रियसभा सदस्यको कार्यकाल सो दिन सकिनेछ । रिक्त रहने सदस्य पदका निम्ति निर्वाचन भइसकेको छ । यही माघ ११ गते निर्वाचन भएको थियो । त्यसबाट १९ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन् । रिक्त रहने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

फागुन २१ गते नवनिर्वाचित सांसदहरूको शपथ र स्वागत तथा सभामा उनीहरूबाट अपेक्षा प्रस्तुत गर्ने कार्यतालिका तय छ । “