देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागेन्द्र श्रेष्ठको आधा दुःख घटाएरको मेल भर्सन

देशान्तर


काठमाडौं । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दुःख घटाएरको भिडियो सार्वजनिक भएको । वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सिर्जना रहेको गीतमा शब्द सीएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यसअघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज सञ्जीव बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट् अधिकारी, लालना चिमरिया, शूरवीर पण्डित, सान्नानी आचार्य, आशा रोकाको अभिनय रहेको छ ।

अन्तरजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्वीकार गरेपछि भोग्नु परेको असहज परिस्थितिको वर्णन गरिएको छ । शिशिर खातीले निर्देशन गरेको भिडियोको सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका हुन्