देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘द्रौपदी’को लागि प्रमुख र सहायक कलाकारको अडिसन सनिवार

देशान्तर

काठमाडौं । ऋषिराज आचार्यको निर्देशनमा बन्ने चलचित्र ‘द्रौपदी’को लागि चलचित्रको प्रमुख र सहायक कलाकारको अडिसन आह्वान गरिएको छ ।
सबै कलाकार अडिसनबाट छनोट गर्ने तयारी रहेको र आउदो सनिवार अडिसन हुने र त्यसपछि कलाकार छनोट गर्ने आचार्यले जानकारी दिएका छन् । ‘कास्टिङ कल’को आह्वान गर्दै उनले हिमाली क्षेत्रको बास्तविक कथावस्तुमा चलचित्र बनाउन लागेको जानकारी दिएका छन ।
अर्को बर्ष विश्वव्यापी प्रदर्शनको लक्ष्य राखिएको चलचित्र हुम्ला, मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा छायांकन गरिने केन्द्रीय चलचित्र जाँच समितिका सदस्य समेत रहेका आचार्यले बताएका छन् । महिलाप्रधान कथावस्तु रहने यो चलचित्रको पटकथा पनि आचार्य आफैंले लेखिरहेका छन् । कलाकार छनोटपछि अभिनय कार्यशाला आयोजना गरिने र त्यसपछि छायांकन सुरु हुनेछ । चलचित्रलाई आरबी मुभिजको ब्यानरमा बनाउन लागिएको हो ।