देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मुटुमा बसेकी मायालाई’मा पल आशाको जोडी

देशान्तर


काठमाडौं । लामो समयको प्रतिक्षा पछि अन्ततः अभिनेत्री आशा पौडेलले अभिनेता पल शाह संग भिडियो खेल्ने इच्छा पुरा गरेकी छिन् । शान्ति श्री परियार र सन्दिप न्यौपानेको स्वर रहेको ‘मुटुमा बसेकी मायालाई ’ बोलको गीतमा आशा र पलको जोडी बाँधि दिएका हुन् कोरियोग्राफर तथा निर्देशक काजिश श्रेष्ठले ।
गीतमा शब्द संगीत नन्दु परियारको रहेको छ भने संगीत संयोजन विश्वास नेपालले गरेका छन् । न्यौपानेको अफिसियल च्यानलबाट सार्बजनिक भएको भिडियोमा नारद बस्नेत र जुरी ठाकुरको अभिनय रहेको छ । प्रशान्त मगरले सहायक निर्देशन गरेको भिडियोलाई पवन सुसलिङले छायाँङकन र दिपक विष्टले सम्पादन गरेका हुन् । आशाले यस अघि पनि नेपालको बसाईमा केहि म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

उनले झण्डै आधा दर्जन नेपाली तथा केही भोजपुरी चलचित्रमा पनि यसअघि अभिनय गरिसकेकी छिन् । आशाले अभिनय गरेको पहिलो चलचित्र ‘दाइको ससुराली’ हो । आशाले हाल सम्म करिव तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।