देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार खनालको जीवन रक्षाका लागि गीतकार सङ्घ नेपालको अपिल

देशान्तर

काठमाडौं । पाटन अस्पतालमा करिव ४० दिनदेखि उपचाररत लोकप्रिय गीतकार डी. पी. खनाल (दुर्गा प्रसाद खनाल) को जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न गीतकार सङ्घ नेपालले अपिल गरेको छ l  गीतकार खनाल अचानक अस्वस्थ भई गत कात्तिक ३० गते पाटन अस्पताल भर्ना भएका थिए l उनी हालसम्म उपचाररत छन् l

उपचार क्रममा ठूलो धनराशी खर्च भईसकेको र खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएपछि  सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको नेत्तृत्वमा अस्पताल पुगेको टोलीले गीतकार खनालको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो । सङ्घको तर्फबाट उपचार सहयोगका लागि नगद २५ हजार सहयोग हस्तान्तरण गर्दै संघले खनालले आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको भन्दै उनको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा यथासक्य आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा अपिल गरेको छ l