देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सुरु भएको छ । सम्मेलनको सभापति शेर बहादुर देउवाले उदघाटन् गरेका छन् । सम्मेलनमा सहभागीहुन् पार्टीका पदाधिकारी र केन्द्रिय सदस्यहरु पनि पोखरा पुगेका छन् ।
गण्डकी प्रदेशको प्रथम सम्मेलनको ब्यानरमा राखिएको वाक्यलाई लिएर सभापति शेरबहादुर देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच भनाभन भएको थियो । ब्यानरमा ‘ईमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनःस्थापित गरौँ’ भन्ने नारा राखिएको थियो ।


त्यसमा उल्लेख भएको ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यका विषयमा भनाभन भएपछि हरियो टेपले उक्त वाक्य छोपेर कार्यक्रम सुरु गरिएको छ । कांग्रेसले यस अघि लुम्विनी प्रदेशको सम्मेलन सम्पन्न गरिसकेको छ भने आउदो ७ गते बागमति प्रदेशको सम्मेलन हुँदै छ ।