देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गोर्खा वारियर’ बाफ्टा अवार्डमा चयन

देशान्तर


काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । बेलायतमा आयोजना हुन लागेको यो अवार्डमा नेपाली चलचित्र चयन हुनुलाई एउटा ठूलो सफलता र गौरवको रूपमा लिएको निर्देशक चाम्सले बताएका छन् ।
वाफ्टाले सार्वजनिक गरेको सूचीअनुसार अवार्डमा ‘गोर्खा वारियर’सँगै हलिउडसहित विभिन्न युरोपियन चलचित्र चयन भएका छन् । यो अवार्डमा सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, सर्वोत्कृष्ट ब्रिटिस चलचित्रलगायतका विधामा ‘गोर्खा वारियर’ले प्रतिस्पर्धा गर्नेछ ।


यो अवार्डको उत्कृष्ट पाँचको मनोनयन सूची भने आगामी १८ जनवरीमा सार्वजनिक गरिने भएको छ । आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर, लन्डनमा यो अवार्ड आयोजना हुने भएको छ ।
‘गोर्खा वारियर’मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरुप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।