देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोजगारीका लागि बिदेसिएका कमललाई गीतप्रतिको मोहले छोडेन

देशान्तर

काठमाडौं । लोक देउडा गायक कमल विरही थापा रोजगारीका लागि कोरियामा छन् । नेपालमा रहँदा उनी शिक्षण पेसामा पनि आबद्ध थिए । एक दशक पत्रकारिता पनि गरे । जीविकोपार्जन गर्न गाह्रो भएपछि उनी रोजगारीका लागि विदेश गएका हुन् ।
तीन दशक सांगीतिक क्षेत्रमा बिताइसकेका थापाले बिदेसिए पनि गीतसंगीतप्रतिको मोह भने मार्न सकेका छैनन् । बेलाबेला विदेशबाटै गीत बजारमा ल्याइरहेका छन् ।


हालै उनका सातवटा गीत रेकर्ड भएका छन् । लोकपप, आधुनिक, देउडा र लोकदोहोरी गरी सात गीत रेकर्ड गरेका हुन् । उनले १५ वर्ष पुरानो गीत ‘इजु’को भाग–२ चिना हराएको मान्छेलाई पुरुष स्वरमा आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका उनले अन्य गीतहरू आफ्नै च्यानलबाट भिडियो बनाएर सार्वजनिक गर्ने तयारी गरेका छन् ।
गीतको म्युजिक भिडियोमा चन्द्र श्रेष्ठ, अप्सरा मैनाली, प्रेम तामाङ, सुमन तामाङ, दावा तामाङ, गणेश खड्का, सुनिता माझी, विष्णुप्रसाद गौतम, बालकलाकार छुपु डोल्मा तामाङ, गणेश बोहरा, राजेश कुमार र कोरियन नागरिक युन यो सेपको अभिनय रहेको छ ।


थापाले आमाको प्रेरणाले आफू सांगीतिक क्षेत्रमा आबद्ध भएको बताएका छन् । उनले पछिल्लो समय देउडाको मर्म मर्ने गरी गाउने प्रचलन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देउडामा ¥याप मिलाएर गाउँदा मर्म मर्न उनको भनाइ छ । प्रवासको व्यस्तताका बीच समय निकालेर सांगीतिक कार्यक्रम र गीत रेकर्ड गर्दै आएको उनले बताएका छन् ।
नेपालमा गीतसंगीत र कलाकारको निष्पक्षरूपमा सम्मान नहुने उनको दुःखेसो छ । तीनै तहका सरकारले वास्तविक कलाकारको पहिचान गर्दै संरक्षण गर्नुपर्ने भन्दै उनले बाध्यताले बिदेसिनु परे पनि आफू गीत संगीतमा भने सक्रिय नै रहने उनको भनाइ छ ।