देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा समयले देखाउछ : डा. कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा समयले देखाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको बताए ।
उनले गणतन्त्र आफैमा खराब नभएको तर राजनीतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्न चिन्न लागेको बताए । उनले सरकारले आफूलाई सुधार गर्दै जानुपर्ने बताए । सरकारले अराजक रुपमा प्रस्तुत भएका कारण मानिस निराश भएको उनको भनाइ थियो । डा.कोइरालाले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धबारे बोल्दै गलत गरेको बताए ।