देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा स्थानीयबासिन्दाले प्रदर्शन गर्दा सडक अवरुद्ध

देशान्तर

काठमाडौं । भक्तपुरमा स्थानीयबासिन्दाले प्रदर्शन गर्दा सडक अवरुद्ध भएको छ ।
बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीयबासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।
। पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयबासिन्दाले बाखामा रहेको प्रहरी कार्यालयमा प्रदर्शन गर्दा सडक अवरुद्ध भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीले भने बिना दबाब काम गरिरहेको जनाएको छ । प्रहरीले ट्यांकर चालक तुलबहादुर माझीलाई नियन्त्रणमा लिइसकेको छ ।