देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कँडेल पार्टीको सहकारी विभागको प्रमुख

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल पार्टीको सहकारी विभागको प्रमुखमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कँडेललाई सहकारी विभागको प्रमुखमा नियुक्त गरेका हुन् ।

काँग्रेस नेता कँडेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबबहादुर प्रधानसँग नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर दुईमा पराजित भएका थिए ।

सभापति देउवाले १५ भदौमा १५ विभागका प्रमुख तोकेका थिए ।१५ विभागको प्रमुख तोकेपनि पूर्णता भने पाउन सकेका छैनन् ।