देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट रेग्मीको इजलासमा

देशान्तर

काठमाडौँ । रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाइएको छ । जेठ १५ गते चौधरीलाई कैद माफी दिइएको थियो । टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १६ गते रिट दायर गरेकी थिइन् । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको थियो । त्यसपछि कात्तिक २१ गते पुनः चौधरीको कैद माफीविरुद्ध रिट दायर गरिएको थियो ।