देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९, एसमोडमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

माझडाँडाको बुलिङटारबाट कावासेती आउँदै गरेको नु२ज ३२७० नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दुर्घटना भएको हो ।