देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपबुज्रुक बालेन

देशान्तर


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बेलाबेला अराजक अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै आफूलाई विभिन्न मञ्चहरूमा अराजकरूपमा प्रस्तुत गराउँदै आएका छन् । कहिले सिंहदरवारमा आगो लगाइदिन्छु भन्ने कहिले नेताहरू सबैलाई डम्पिङ साइटमा लगेर पुर्नु पर्ने जस्ता अराजक अभिव्यक्तिका कारण आलोचित बालेनले उपस्थित हुनै पर्ने विभिन्न सभासमारोहसमेत अघोषित रूपमा बहिष्कार गर्दै आएका छन् ।


पछिल्लो पटक गत कात्तिक १४ गते ललितपुर महानगरपालिकामा बसेको उपत्यका मेयर्स फोरमको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै बहिष्कार गरे । बैठकमा नेप वेस्ट नामक संस्थासँग फोहोर व्यवस्थापनको विषयले प्रवेश पाएपछि बालेनले असन्तुष्टि जनाएको उनको सचिवालयले दाबी गरेको थियो ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले अध्यक्षता गरेको बैठक उनले बहिष्कारमात्र गरेनन् प्राइभेट कम्पनीबाट पैसा खाएर बैठक बसाएकोले बहिष्कार गरेको संगीन आरोप नै लगाए । अझै अगाडि बढेर उनले सामाजिक सञ्जालमा ‘नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरूले पूरै देशनै बेच्नु भो भने पनि, काठमाडौं एक्लई भए पनि नेपाल भनेर उभिनेछ ।’ भनेर गम्भीर आरोप पोस्ट गरे ।


बालेनले लगाएको गम्भीर आरोप र अभिव्यक्तिको काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर्स फोरमले मेयर बालेनले दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको ठहर गरेको हो । उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ ‘बैठकमा प्रस्तावित पहिलो एजेन्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र विधिद्वारा छनोट गरिएको संस्था, जसलाई काठमाडौँ महानगरपालिकाले समेत २०७८/११/१३ मा स्वीकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको थियो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ सो सन्दर्भमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवं एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहज्यूले २०८० कात्तिक १५ गते सामाजिक सञ्जालमार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनीय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउनसमेत चुनौती दिइन्छ ।’ यसलाई मेयर्स फोरमले बालेनलाई उपबुज्रुकको संज्ञा दिएको छ ।