देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीर्थकुमारीको एकल सांगीतिक साँझ हुने

देशान्तर


काठमाडौं । आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ हुने भएको छ । गत आइतवार आयोजित पत्रकार सम्मेलनमा लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने जानकारी दिइएको हो । अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसीभक्त कन्ट्रक्सन प्रालि सह आयोजक रहेका छन् ।
पाँच दशकभन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर सक्रिय लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझमार्फत गुञ्जिन लागेकी हुन् । कार्यक्रममा गायिका थापाले झम्के फुली नाकैमा बुलाकी ‘म त खादिनँ कुवाँको पानी हो, माछी मार न हे दाई हो, ढुङे बगर माया, उकालीमा पनि हजुर मोटर जादो रैछ, बारीको डिलमा ओखरबोट, दाइ कहाँको’ लगायतका दुई दर्जन जति गीतहरू प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी गायिका थापाका हालसम्म एक हजारभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् ।
गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।