देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपरथी पाण्डेले राजीनामा दिए

देशान्तर

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पुगेको रक्षामन्त्रालय श्रोतले जनाएको छ ।
पाण्डेले दुई वर्ष उमेर घटाएको बिषयमा सैनिक मुख्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको राज्य ब्यबस्था समिति मा पनि उजुरी परेको थियो । यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा समिति बनाइएको थियो ।
समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् ।