देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबार परिसरभित्र फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध

देशान्तर

काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र यसबारे सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।
सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति फोटो खिच्न र टिकटक बनाउन रोक लगाइएको प्रहरीले जनाएको छ ।

सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूलाई भने समाचार सम्प्रेषण गर्न फोटो भिडियो खिच्न रोक लगाइएको छैन् ।
प्रहरीले संवेदनशील क्षेत्रमा गएर टिकटक बनाएको, फोटो खिचेको सिसीटिभीबाट तथा स्थलगत रूपमा पनि मोनिटरिङ गर्ने गरेको छ ।