देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लम्साल बने बागमती प्रदेश संसदीय दलको सचेतक

देशान्तर

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ ।

लम्साललाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

यसअघि करिब दुई महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेका थिए ।

सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो ।