देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीआरसी विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ : माओवादी

देशान्तर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकालसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी दलहरूबीच सहमति भएको दाबी गरेका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले टीआरसी विधेयक संसदीय समितिमा छलफल भइरहेको भन्दै हिउँदे अधिवेशनमा संसदबाट पारित हुने बताए ।
सहमतिमै शान्ति प्रक्रिया टुंग्याउनु दलहरूको दायित्व भएको उनको भनाइ छ ।