देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समस्याको समाधान गर्न नेपालद्वारा सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् भन्ने एउटा निराशावादी भाष्य हो र अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नुपर्ने छैन भन्ने भाष्य रहेको उल्लेख गर्दै यी दुवै भाष्य र अतिवादी सोचबाट मुक्त हुनुपर्ने बताए ।
नेपालले नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिर हुँदाको पीडा सदन अवरोध गरेर मात्रै नहुने बताए । उनले सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताए । उनले अहिले देखिएको समस्या समाधान गर्नको लागि सरकारको ध्यानाकर्षण समेत जनाए ।