देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो -उपेन्द्र यादव

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् ।
उनले संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दैे सच्याउनुपर्नेमा जोड दिए । उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए । समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ ।