देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो दुई दशक यता नेपालको यात्रा हेर्नलायक : महासचिव एन्टोनियो गुटेरेस

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो दुई दशक यता नेपालको यात्रा हेर्नलायक रहेको बताएका छन् ।
मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले नेपालले गणतन्त्र र नयाँ संविधान जारी गरेर उल्लेख्य प्रगति गरेको बताए । नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् । उनले नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिदै नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताए।


गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल कम विकसित राष्ट्रबाट माथि उठ्ने पक्का भएको र यसमा सहयोग गर्न राष्ट्रसंघ तयार रहेको पनि बताए । उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने काम भइरहेको विषयमा चर्चा गर्दै सङ्क्रमणकालीन न्याय भन्ने विषय जटिल भएको जिकिर गरे । उनले पीडितलाई केन्द्रमा राखेर यसलाई विस्तृत र समावेशी बनाउन सुझाव दिए । न्यायको सिद्धान्तमा आधारित भएर मानवअधिकारको हनन भएका घटनालाई सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।
सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे ।