देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिगल विरुद्धको पेशी न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा

देशान्तर

काठमाडौँ । रिगल भनिने योगराज ढकाल विरुद्धको रिट सुनुवाइको लागि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा लागि पेशी तोकिएको छ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।
उक्त मुद्दामा अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।
इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुनेछ