देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्बोडियामा लगानी गरेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिन्छु : ओली

देशान्तर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन अर्ब लगानी गरेको भनेर भारतीय मिडियाले अनर्गल प्रचार गरेको बताएका छन् ।
सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उपस्थित भएका ओलीले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीयहरुले आफ्नोबारेमा जथाभावी अनर्गल प्रचार गरेको बताए ।
कम्बोडियामा आफूले लगानी गरेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने उनले बताए ।
ओलीले कम्बोडियामा लगानी गरेको विषयमा केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आरोप लगाएका थिए ।