देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारामा गोली प्रहार : घाइतेको अवस्था नाजुक

देशान्तर

काठमाडौं । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यापक रुपेश सरार्फ माथि गोली प्रहार भएको छ । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको हो ।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको जनाइएको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।