देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संक्रमणकालीन न्यायका कार्यहरुलाई टुंग्याउन ढिलो भयो : नेपाल

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायका कार्यहरुलाई टुंग्याउन ढिलो भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रतिक्रिया दिँद यी विषयहरु पहिल्यै टुंग्याउनुपर्नेमा १८ वर्षसम्म पुग्दा सम्म पनि नटुंग्याउनुमा कहाँ को–कोबाट कमीकमजोरी भयो त्यसलाई जाँचेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका हुन ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले लड्नुपर्ने विषय साझा भएको बताए ।
उनले आफूहरुको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरुसँग नभएको बताए । उनले आफूलाई बीपी कोइरालासँग गरेको तुलना गरेका विषयमा प्रतिकृया दिदै बीपीसँग आफ्नो तुलना हुन नसक्ने बताए ।