देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको चियापान कार्यक्रम सानेपामा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वको अवसर पारेर सनिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
सानेपामा जारी कार्यक्रममा राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।


२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।