देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता ओलीबीच भेटवार्ता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई भेटनका लागि बोलाएका थिए । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताइएको छ ।


गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्ने कार्यक्रम छ । उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै आवाज होस् भन्ने हिसाबले प्रचण्डले छलफल गरेका हुन । महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउदै छन् । गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी दलका नेता ओली लगायतसँग भेटवार्ता गर्नेछन् । उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनि जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने छन् ।