देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधान सेनापति औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान : प्रधानन्यायाधीश श्रेष्ठ पनि चीन भ्रमणमा

देशान्तर

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए । प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ ।


चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट संगै अन्य औपचारिक कार्यक्रमा पनि सरिक हुनेछन् । उनी कार्तिक १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नेछन् । यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि एक साताका लागि चीन जान लागेका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठ एक सातापछि नेपाल फर्कने छन् । चीनमा हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुनेछ । चीनमा त्यहाँका समकक्षीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।