देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रचण्डको दाबी

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भए पनि गठबन्धन पाँचै वर्ष जाने दाबी गरेका हुन् ।
’प्रचण्ड’ले हिजोको माओवादी जनयुद्ध, पार्टी विभाजन र अबको समाजवादी क्रान्तिको विषयमा व्याख्या पनि गरेका थिए । जनयुद्धपछि ’प्रचण्डपथ’ छाडेपछि माओवादी विभाजन भएको बताए । उनले माओवादीले पुनः एकताको सन्देश सहित विभाजित माओवादीलाई जोड्ने प्रयास गरिरहेको पनि बताए ।
उनले सरकारको नेतृत्वमा आइसकेपछि आफूले भ्रष्टाचार, सुशासनका विषयमा केही गर्ने प्रयास गरेको र त्यो नरोकिने पनि बताए । भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दल सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाई थियो ।