देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

देशान्तर

काठमाडौं । कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लागेका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको हो ।

गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।गुटेरेसले कात्तिक १४ गते संघीय संसदको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री लगाएत देशका उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्ने कार्यतालिका छ ।