देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलमा मृत्यु भएका चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने

देशान्तर

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।

नारायणप्रसाद न्यौपानेको शव भने गए राति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आशिष चौधरीको शव पनि आज ल्याइदै छ । चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । इजरायलस्थित नेपाली राजदूतावासले अन्य ६ जना नेपालीको शव भने पहिचान गर्नेे र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने जनाएको छ ।