देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीकाे दर्शन

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहंभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल गएका थिए ।

बडा दसैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।