देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन : प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्ने बताएका छन् ।
उनले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन अपिल गरेका छन् ।


लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठुलो चुनौती रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।
यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताएका छन् ।