देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलले कात्तिक अन्तिम साता फ्रान्स र जर्मनीको भ्रमण गर्ने

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् ।

फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँन, घानाका राष्ट्रपति नाना अकुफो–अड्डु, युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिचेल, बार्बाडोसका प्रधानमन्त्री मिया मोट्टली, अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।

राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि त्यहीँबाट जर्मनी जानेछन् । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।

जर्मनी भ्रमणका बेला राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ ।