देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिदै : एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने

देशान्तर

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भोली बुधवार प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । त्यसका लागि प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । कार्कीलाई मुख्यमन्त्री बन्न सघाएको एमालेले सरकारमा ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । आज मंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गरेका थिए । तर, कार्कीले समय अभाव भन्दै दलहरुसँग छलफल गरेका छैनन् ।
मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको छ।
मुख्यमन्त्रीको शपथ लिए लगत्तै कार्कीले एमालेका एक जना र आफ्नो पार्टीका एक जना गरी तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।