देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको छ : परराष्ट्रमन्त्री

देशान्तर

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको बताएका छन् ।
मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए ।

उनले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताए । मन्त्री साउदले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे । उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको बताए ।